Logo
Logo

एमाले कार्यदलको बैठक निष्कर्षविहीन, कुनै प्रगति भएन


दृष्टि संवाददाता

4k
Shares

काठमाडाैँ । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक विना निष्कर्ष टुंगिएकाे छ । भाेलि बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएकाे हाे ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका छन् । उनले निरन्तर छलफल भएपनि ठोस उपलब्धि हुन नसकेको बताए । 

भुसालले भने, ‘१० दिनदेखी हमी जहाँको त्यहीँ छौं ।‌ टुंगोमा पुग्ने कोसिस गरिरहेका छौं, भोलि बिहान बस्ने बैठकमा मिलाउने कोसिस गर्छौ ।’

सिंहदरबारमा बिहीबार दिउँसो बसेको बैठकमा विवादित बिषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र आजै टुङ्गिने विश्वास नेताहरुले गरेका थिए ।

त्यस्तै एमालेको माधव नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले छलफल सहमतिको विन्दुमा पुगेको बताएका थिए ।

बिहीबारको बैठकमा पार्टी एकताका लागि तयार पारिएको मस्यौदामाथि छलफल हुने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्