Logo
Logo

नेपालको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विश्व बैंकको थप सहयोग


दृष्टि संवाददाता

0
Shares

काठमाडाैं । विश्व बैंकले नेपालको सरकारी विद्यालय क्षेत्र विकास कार्यक्रम र सार्वजनिक स्वास्थ्य क्षेत्रको कार्यदक्षता वृद्धिका लागि १० करोड अमेरिकी डलर (करिब साढे ११ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रका लागि पाँच पाँच करोड डलर ऋण स्वीकृत गरिएको विश्व बैंकले जानकारी दिएको छ। नेपाल, श्रीलंका र मालदिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले उक्त सहयोगबाट गरिब र कमजोर जनसंख्याका लागि विद्यालय र स्वास्थ्य प्रणालीको सशक्तीकरणमार्फत् मानव पुँजी विकासमा योगदान पुग्ने बताएका छन् ।

विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद जेरभोसले भने- ‘नेपालमा गरिब तथा विपन्न समुदायका लागि शिक्षा र स्वास्थ्यसम्मको पहुँच जटिल छ। यो सहायताबाट नेपालको शिक्षा क्षेत्रलाई बलियो बनाउन तथा स्वास्थ्य प्रणालीलाई चुस्त बनाउन नेपाल सरकारलाई मद्दत पुग्नेछ। 

विश्व बैंकले यस सहयताबाट नेपालको स्वास्थ्य क्षेत्रको रणनीतिलाई सार्वजनिक स्रोत व्यवस्थापनमा प्रभावकारी सुधार तथा पारदर्शिता कायम हुने गरी कार्यान्वयन गर्न मद्दत पुग्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्