Logo
Logo

विश्वभर कोरोनाबाट मृत्यु हुनेकाे संख्या ४० लाख नाघ्यो


दृष्टि संवाददाता

441
Shares

काठमाडाैं । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख २१ हजार ६५ जनाको मृत्यु भएको छ ।

विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ६१ लाख ५२ हजार १९८ जना रहेका छन । विश्वभर तीन अर्ब ३९ करोड ३८ लाख ३३ हजार ५०० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई १० मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देशसङ्क्रमितको संख्याकूल मृत्यु
संयुक्त राज्य अमेरिका तीन करोड ३८ लाख ४० हजार १८३छ लाख ६ हजार ९९६
भारततीन करोड ७ लाख ९५ हजार ७१६चार लाख ७ हजार १४५
ब्राजिलएक करोड ९० लाख २० हजार ४९९पाँच लाख ३१ हजार ६८८
फ्रान्स५८ लाख ६५ हजार ७६७एक लाख ११ हजार ४९२
रुस५६ लाख ८८ हजार ८०७एक लाख ३९ हजार ८९६
टर्की५४ लाख ६५ हजार ९४५० हजार ९६
बेलायत५० लाख ७५ हजार ९५७एक लाख २८ हजार ६३१
अर्जेन्टिना४६ लाख २७ हजार ५३७९८ हजार १४८
कोलोम्बिया४४ लाख ७१ हजार ६२२एक लाख ११ हजार ७३१
इटाली४२ लाख ६८ हजार ४९१एक लाख २७ हजार ७५६
स्पेन३९ लाख ३७ हजार १९२८१ हजार ३
जर्मनी३७ लाख ४२ हजार ३५५९१ हजार २३२
इरान३३ लाख ४४ हजार १२२८५ हजार ५४३
पोल्याण्ड२८ लाख ८० हजार ७५५७५ हजार १५९
मेक्सिको२५ लाख ७७ हजार १४०दुई लाख ३४ हजार ६७५
इन्डोनेसिया२४ लाख ९१ हजार ६६५ हजार ४५७
युक्रेन२३ लाख १० हजार २४६५४ हजार ९४९
दक्षिण अफ्रिका२१ लाख ५७ हजार ६८७६३ हजार ८७३
पेरु२० लाख ७६ हजार ५३०एक लाख ९४ हजार ८४

प्रतिक्रिया दिनुहोस्