Logo
Logo

किसानलाई नेपाल बंगलादेश बैंकको बिनाधितो सहुलियतपूर्ण कर्जा


दृष्टि संवाददाता

189
Shares

काठमाडौं । नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ । बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौ–पक्षीय सम्झौता अनुसार मकवानपुरगढीका अध्यक्ष बिदुर हुमागाईंले किसान कृषि लोन कार्ड हस्तान्तरण गरी २५ गतेबाट लगानीको सुरुवात गरिएको हो ।

यसबाट पहिलो चरणमा मकवानपुरगढी–३ का २५ कृषक लाभान्वित हुने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत बिनाधितो, एकै प्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ ।

कृषकहरुले कर्जाको साथै त्यत्ति नै सीमा बराबरको क्यूआर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

नगद रहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा मकवानपुरगढीे गाँउपालिकाबाट शुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा विस्तारित गर्दै ग्रामिण भेगका कृषकहरुलाई विद्युतिय माध्यमबाट बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्