काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर. ७, गोरखास्थित झाक्रीचोकदेखि टाकुसम्मको सडक निर्माणमा अनियमितता भएको भन्दै गाउँपालिाका प्रशासकीय अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बारपाक सुलिकोट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव बहादुर गुरुङ, लेखापाल गंगा बहादुर घले र इन्जिनियर सुजन अंगाईले बारपाक सुलिकोट गाउँपालिका अन्तर्गत झाक्रीचोक धारापानी देउराली बहाकोट सडक निर्माण कार्य अन्तर्गत सफ्ट सोयलको भए–गरेको वास्तविक कार्यभन्दा बढी परिमाणको दरले हुन आउने बढी रकम रु. ३,६८,४२०।१७ (भ्याट सहित) बढाई फिल्ड मेजरमेन्ट सिट तयारी पारी भ्रष्टाचार गरेको आयोगले जनाएको छ । निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रा.लि.का अमर बहादुर गुरुङविरुद्ध समेत आयोगले मुद्दा चलाएको छ ।