Logo
Logo

विवाद मिलाउन एमाले कार्यदलको बैठक जारी


दृष्टि संवाददाता

63
Shares

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद समाधानका लागि गठन गरेको कार्यदलको बैठक बिहान ८ बजेदेखि सिंहदरबारस्थित अर्थमन्त्रालयमा जारी छ ।

 शनिबार नै सहमति भइसकेको बताएका कार्यदलका सदस्यहरूले विहान ८ बजे नै पार्टी एकताको सुखद खबर सुनाउने भने तापनि बैठक अहिलेसम्म चलिरहेको हो।

बैठकमा विवाद समाधान खोज्नेबारे कार्यदलमा रहेका नेताहरु दिनभर लागे पनि समाधान हुन सकेकाे छैन । कार्यदलमा रहेका ओली पक्षका उपप्रधानमन्त्री विष्णु पौडेलले विवाद समाधानका लागि पहल जारी रहेको बताएका छन् ।

सहमतिको खाका केन्द्रीय कमिटीमा पेश गर्नुपर्ने र केन्द्रीय सदस्यहरूले अनुमोदन गरेपछि मात्रै पारित गर्न सकिने नेपाल निकट सांसदहरूको भनाई छ।

प्रतिक्रिया दिनुहोस्