Logo
Logo

एमाले कार्यदल निर्णायक छलफलमा, सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी


दृष्टि संवाददाता

10.2k
Shares

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्दै एकता कायम गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा जारी छ । कार्यदल सहमति नजिक पुगेको बताइएको छ ।

प्राप्त जानकारी अनुसार कार्यदलका सदस्यहरुबीच सहमति जुटे आजै सहमतिमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । एक नेताका अनुसार पार्टी एकताका लागि लगभग सहमति जुटिसकेको छ । कार्यदलका एक सदस्यले भने– ‘केही विषयमा रहेका विमतिहरुबारे छलफल चलिरहेको छ । सायद आज सकारात्मक सन्देश दिनेछौं ।’

कुन–कुन विषयमा कसरी सहमति गर्दै हुनुहुन्छ भन्ने दृष्टिन्यूजको प्रश्नमा ति सदस्यले भने– ‘नेकपा एमाले सयौं कार्यकर्ताको पार्टी हो, लाखौं जनताको आशाको केन्द्र हो । एमाललाई विभाजन हुने छुट छैन, एमाले एकताको विकल्प छैन । हामी अन्तिम प्रयास गरिरहेका छौं । एकताको सम्भावना बलियो बन्दै गएको छ ।’

शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ हुने दिनको पूर्वसन्ध्यामा एमाले एकता कायम गर्न अन्तिम प्रयास जारी छ ।

प्रतिक्रिया दिनुहोस्