Logo
Logo

अदालतको फैसलापछि मात्र ओली-नेपाल भेट्ने


दृष्टि संवाददाता

10.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हुने भनिएको भेटवार्ता नहुने भएको छ । अदातलमा विचाराधीन मुद्धाको फैसला नभएसम्म कुनै सहमति हुन नसक्नै भन्दै आएका वरिष्ठ नेता नेपालले अहिलेकै अवस्थामा नभेट्ने बताएपछि ओली–नेपाल भेट नहुने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिटमा आजै फैसला हुने भएकाले फैसलापछि मात्र भेट्ने नेता नेपालको प्रतिकृया रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

एमाले एकता कायम गर्न गठन गरिएको कार्यदलले गरेको १० बुँदे सहमति प्रस्तावमा समेत नेता नेपालले असहमति जनाएका छन् । सहमतिमा समावेश केही बुँदामार्फत अदालतलाई प्रभावमा पार्न खोजिएको भन्दै नेता नेपालले असहमति जनाएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललई भेटका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्