Logo
Logo

देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्नुपर्ने


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई २४ घण्टा भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको सर्वोच्चले २४ घण्टा भित्र देउवालाई प्रधानन्त्री नियुक्त गर्न परमादेश गरेको हो ।

विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्चकोे संवैधानिक इजालसले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको हो ।

देउवालाई भोलि २९ गते साँझ ५ बजेसम्म अर्थात फैसला आएको २८ घण्टाभित्र राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने फैसलामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्