Logo
Logo
प्रतिनिधिसभा पुर्नस्थापना

साउन ३ मा प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

दुई दिनभित्रै देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने


दृष्टि संवाददाता

2k
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थाना गरेसँगै साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।

यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन पनि परमादेश गरेको छ । सर्वोच्चले संविधानको धारा ७६(५) मा ह्विप नलाग्ने भनेको छ ।

सोमबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन खारेज गर्दै पुर्नस्थापना गर्ने फैसला गरेको हो । पहिलोपटक संसद विघटन भई अदालतले पुनस्र्थापना गराएको तीन महिनापनि नबित्दै गत ८ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्न मिति तोकेकी थिइन् ।

त्यसविरुद्ध नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतले सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध रिट दायर गरेका थिए । जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि त्यसविरुद्ध परेको रिटमाथिको बहस असार २१ गते मात्रै सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्