काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । सर्वोच्चले प्रतिनिधिसभा विघटनको बदर गर्दै सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।
उक्त फैसलाको पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको छ । सबैलाई नैतिक मूल्य मान्यतामा रहन निर्देशन पनि दिएको छ । यो स्वागतयोग्य छ ।’
यस्ते, माधव पक्षका नेता जगन्नाथ खतिवडाले सर्वोच्चको फैसलाले ओली युग समाप्त भएको टिप्पणी गरेका छन् । ‘हामी ठीक ठाउँमा थियौँ र जित्यौँ । हामी सबैलाई हार्दिक बधाई छ’ खतिवडाले भने, ‘अब ओली युगको समाप्त भयो । अब अन्तिम धक्का दिन के–के उत्पात गर्न मन छ त्यो पनि नगर्नु होला ।’