काठमाडौं । ललिता निवाससम्बन्धि भ्रष्टाचार मुद्दामा फरार रहेका कांग्रेस उपसभापति विजय कुमार गच्छदार अदालतमा उपस्थित भएका छन् । बुधबार विहान १० बजे उनी बिशेष अदालतमा उपस्थित भएका हुन् ।
न्यायाधीशरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासमा उनको थुनछेक बहस सुरु भएको छ । अदालतले उनलाई थुनामा पठाउने र धरौटीमा छाड्ने आदेश दिनेछ । मुद्दा दायर भएको डेढ वर्षपछि उनी अदालतमा उपस्थित भएका हुन् ।