काठमाडौं । नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एक महिनापछि फेरि केपी ओली नै सत्तामा पुर्नस्थापना हुन सक्ने बताएका छन् । बुधबार निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारबाट बालकोटसम्म स्कर्टिङ गर्ने क्रममा नेता बस्नेतले यस्तो दावी गरेका हुन् ।
एक महिनाभित्र शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्न नसकेमा ओलीले नै प्रधानमन्त्रीमा दावी गर्न सक्ने उनको भनाइ छ । ‘एक महिनापछि एमाले र जसपा मिलेर ७६ (५)को प्रधानमन्त्रीमा केपी ओलीले दावी गर्न पाउने कि नपाउने ?’ उनले प्रश्न गरे, ‘देउवाको दावीलाई मान्यता दिने अदालतले एमाले र राजपाको दावीलाई मान्यता दिन्छ कि दिँदैन ?’
उनले जालसाँजी गरिएपनि पनि ६ महिनापछि हुने चुनावमा एमालेलाई कसैले छेक्न नसक्ने बताए । उनले भने, ‘एमाले बाघ हो । बाघ र सिंहसँग लड्न स्यालहरूले हुल बाँधेर आउनुपर्छ ।’