काठमाडौं । कांग्रेस उपसभापति विजय कुमार गच्छदार १० लाख धरौटीमा छुटेका छन् । भ्रष्टाचार मुद्दामा बिशेष अदालतले उनलाई १० लाख धरौटी माग गरेको हो ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरेको थियो । ललिता निवास भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध मुद्दा दायर भएको थियो । डेढ वर्षपछि बुधबार उनी अदालत उपस्थित भएका थिए ।