Logo
Logo

अर्थ मन्त्रालयले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने


दृष्टि संवाददाता

3.1k
Shares

काठमाडाैं । कोरोना महामारीमा जोखिमपूर्ण काम गरेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हालेकै दिन अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता निकासा गर्ने निर्णय गरेका हुन् ।

स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि मन्त्री शर्माले ६५ करोड १४ लाख बजेट स्वीकृत गरेका छन् । त्यसैगरी बुधबार नै स्वास्थ्यकर्मीहरुको जस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको पनि माग पूरा भएको छ ।

इन्जिनियरहरूले पाउनुपर्ने भत्ता रकमवापत मन्त्रालयले बुधबार ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्