काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले एआइजीको सरुवालाई उल्टाउने तयारी गरेका छन् । गत बिहीबारको मन्त्रिपरिषद्को बैठकले चार एआइजीको सरुवा गरी एकको पदस्थापन गरेको थियो ।
सो सरुवाअनुसार एआइजीले रमाना लिइसकेका छैनन् । सो सरुवालाई हालको सरकारले हेरफेर गर्न लागेको स्रोत बताउँछ । गृह मन्त्रालयले तत्काल रमाना नदिन निर्देशन दिएको छ । यसले यो सरकारले प्रहरीमा व्यापक हस्तक्षेप गर्न खोजेको संकेत देखिएको छ।
ओली सरकारले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) हरिबहादुर पाललाई हटाइए प्रद्युम्न कार्कीलाई पठाइएको थियो । उनी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए । प्रतिष्ठानको प्रमुखमा एआइजी विश्वराज पोखरेललाई पठाइएको थियो ।
त्यस्तै, बिहीबार बढुवा भएका सहकुल बहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागको प्रमुखमा प्रशासन विभागका निरज बहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको थियो ।