Logo
Logo

फाइजर खाेप ल्याउने बारे प्रधानमन्त्रीले थाले छलफल


दृष्टि संवाददाता

6.2k
Shares

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट फाइजर खोप ल्याउन सकिने अवस्थाबारे छलफल सुरू गरेका छन् । आज स्वास्थ्य मन्त्रालय र सीसीएमसी पदाधिकारीसँग छलफल गर्दै खाेप ल्याउने विषयमा कुराकानी भएकाे हाे ।

निजी निवास बुढानिलकण्ठमा भेट्न पुगेका कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समितिका अध्यक्ष बालानन्द शर्मा र स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालसँग देउवाले ब्रिफिङ मागेका थिए ।

फाइजर खोप ल्याउन भैरहेको प्रगति, गर्नुपर्ने काम र उक्त खोप ल्याउँदा नेपालमा भण्डारणको अवस्थाबारे देउवाले सोधपुछ गरेका थिए । माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने फाइजर खोपको कोल्ड चेन नेपालमा छैन ।

प्रधानमन्त्रीसँगको भेटमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीले १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लगाउन आवश्यक भएकाले ल्याउन पहल भैरहेको बताएका थिए । साथै, २ करोड ५० लाख जनसंख्यालाई कोरोना खोप आवश्यक परेको जानकारी मन्त्रालयले गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्