Logo
Logo

लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढ्यो


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडाैं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ। हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो।

अन्तरप्रदेश सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा वृद्धि भएको छ । यातायात मजदुरको पारिश्रमिक, पेट्रोलियम पदार्थको मूल्य लगायतका पक्षहरूलाई ध्यानमा राख्दै मूल्य समायोजन गरेको विभागले जनाएकाे छ ।

विभागद्वारा आज जारी विज्ञप्तिमा यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा बढेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा बढाएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्