Logo
Logo

डिएसपी हुँ भन्दै धम्काउने व्यक्ति अख्तियारद्वारा पक्राउ


दृष्टि संवाददाता

6.4k
Shares


काठमाडौं । आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डिएसपी हुँ भन्दै धम्काउने व्यक्ति पक्राउ परेका छन् । एग्रोमाट नेपाल प्रा.लि. भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई अख्तियारले नै पक्राऊ गरेको हो ।


एम.पि. ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल काठमाण्डौमा गई आफुलाई अख्तियारको डिएसपी हुँ भनि महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई काम गर्न अनावश्यक दवाव दिएको, विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सि.ई.ओ. एवं माथिल्लो तहका व्यक्तिहरुसँग सम्पर्क छ भनि प्रभावमा पार्दै हिडेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ । सू आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले निजलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल काठमाण्डौबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्