Logo
Logo

देउवालाई विश्वासको मत दिने जनमोर्चाको निर्णय


दृष्टि संवाददाता

819
Shares


काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

पार्टीकी उपाध्यक्षसमेत रहेकी सांसद दुर्गा पौडेलले सरकारमा भने सहभागी नहुने निर्णय भएको बताइन् । प्रतिनिधि सभामा जनमोर्चाबाट पौडेल मात्रै सांसद छिन् । ५ दलीय गठबन्धनमा जनमोर्चा पनि सहभागी साथ र समर्थन थियो । पौडेललाई मन्त्री हुन देउवाले आग्रह गरेका थिए ।

केपी शर्मा ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ । देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको छ ।’ जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।, ‘देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ।’

प्रतिक्रिया दिनुहोस्