Logo
Logo

ओलीले बोलाए संसदीय दलको बैठक, माधव पक्षलाई पनि निम्तो


दृष्टि संवाददाता

5.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई समेत सूचना पठाइएको छ ।

नेकपा एमालेका २६ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए । प्रधानमन्त्री हुँदा ओलीले संसदीय दलको बैठक पनि बालुवाटारमै राख्ने गरेका थिए । सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्