Logo
Logo
सर्वोच्च अदालतकाे आदेश

एनसेल मुख्यालयमा बम विस्फाेट गराउने हेमन्त वली थुनामुक्त


दृष्टि संवाददाता

1.9k
Shares

काठमाडाैं । सर्वोच्च अदालतले विप्लव समूहका हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

विप्वल समूहले एनसेल मुख्यालयमा बम विस्फोट गराएको घटनाको वलीले बीबीसी नेपाली सेनामा अन्तर्वार्ता दिँदै आफूहरुले गराएको भनी जिम्मा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्