काठमाडौं । नबिल बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहक महानुभावहरुका लागि कार्ड, स्मार्ट बैंकलगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ‘३७ दिने खुशी’ अफर ल्याएको छ ।
यस अफरअन्तर्गत नबिल बैंकले असार २८ देखि ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आइ कार्ड, नबिल स्मार्ट बैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ । उक्त अफर असार २८ गतेदेखि भदौ १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले खाता खोली अफरको लाभ लिन सक्नेछन् ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको बैंकको १३५ शाखा, १८३ एटिएम र एक हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको बैंकले नेपाली बैंकिङ क्षेत्रम ानविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ ।