काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।
देउवाको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहा (आज) ९ः५७ बजे देउवा बालुवाटार सर्न लागेका हुन् । गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए ।
यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए । ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन् ।