काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक शुक्रबार (आज) बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाएका हुन् । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मुख्यगरी १४ औं महाधिवेशनको तयारीबारे केन्द्रित रहनेछ ।
बैठक पार्टी कार्यालय वा अन्यत्र कहाँ बस्छ भन्ने यकिन भइसकेको छैन । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा आज बिहान सरकारी निवास बालुवाटार सर्दैछन्, त्यसैले बालुवाटारमा बैठक बस्न सक्ने सम्भावना पनि छ ।