Logo
Logo

‘बालुवाटारलाई पार्टीको बैठकस्थल नबनाऊ’


दृष्टि संवाददाता

7.8k
Shares

काठमाडाैं । बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पार्टीको बैठकस्थल नबनाउन ध्यानाकर्षण गराएको छ।

आन्दोलनले प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टीको बैठक बोलाएर राज्य कोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिएको भन्दै विरोध जनाएको हो।

नागरिक आन्दोलनले भनेको छ- ‘नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित प्रधानमन्त्रीनिवास सरेकै दिन सरकारी निवासमा नेपाली कांग्रेस पार्टी बैठक बोलाएर राज्यकोष दोहन गर्ने पूर्ववर्ती सरकारकै चरित्रलाई निरन्तरता दिन खोजेका छन्। बालुवाटारलाई पार्टी बैठकस्थल मात्र होइन, पार्टी नेता-कार्यकर्ताको आश्रय/विश्राम/भेटघाट स्थलसमेत नबनाउन र जोखिमपूर्ण जीवनयापन गरिरहेका जनताबाट संकलित करको अपमान नगर्न बृहत् नागरिक आन्दोलन सरकारको अविलम्ब ध्यानाकर्षण गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्