चितवन । साढे दुई करोड रुपैयाँ जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले बैंकिङ कसुर मुद्दामा दुई करोड ५६ लाख जरिवाना झापा दमक नगरपालिका–१६ घर भइ काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन्।
जिप्रका चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड ५६ लाख रुपैयाँ जरिवाना तोकेको थियो। चितवनमा लुकेर बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई बिहीबार रत्ननगर नगरपालिका–११ जिरौनाबाट पक्राउ गरिएको डिएसपी थापाले जानकारी दिए। फरार अपराधीविरुद्ध चितवन प्रहरीले अभियान नै चलाउँदै आएको छ ।