Logo
Logo

मुलुककाे आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्ने तयारी


दृष्टि संवाददाता

1.8k
Shares

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन्।  सिंहदरबारस्थित अर्थमन्त्रायलमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले मुलुककाे अर्थतन्त्रकाे अवस्था कस्ताे छ भन्ने कुराकाे जानकारी दिन छिट्टै श्वेतपत्र जारी गरिने बताएका हुन् ।

मन्त्री शर्मार्ले भने, ‘अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु’, । उनले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता जनाए। 

अर्थमन्त्री शर्माले अहिलेको परिस्थितिलाई सहज र आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै गत वर्षको कमीकमजोरीलाई समेत  सच्याएर अघि बढ्ने क्रममा मन्त्रालय रहेकोसमेत उल्लेख गरे। 

प्रतिक्रिया दिनुहोस्