Logo
Logo

कांग्रेस महाधिवेशन नसर्ने, तल्लो तहको अधिवेशन सर्ने


दृष्टि संवाददाता

123.5k
Shares

काठमाडाैं । नेपाली कांग्रेसकाे महाधिवेशन नसर्ने भएकाे छ । बालुवाटारमा शुक्रबार बसेकाे पदाधिकारीकाे बैठकले केन्द्रीय महाधिवेशन ताेकिएकाे मितिमनै गर्ने निर्णय गरेका हुन् ।

तर, शीर्ष नेताहरुको बैठकले तल्लो तहको अधिवेशन सार्ने निर्णय गरेको छ।

तल्लो तहका अधिवेशन कति दिन सार्ने भन्नेबारे नेताहरुले फेरि छलफल गर्ने भएका छन्। कांग्रेसमा निर्वाचन निर्देशिकाको टुङ्गो लगाउने जिम्मा सह–महामन्त्री डा प्रकाशशरण महत र नेता डा मीनेन्द्र रिजाललाई दिने निर्णय बैठकले गरेको छ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिले दुई जिल्लाको छानविन सक्न बाँकी रहेको जानकारी प्रस्तुत गरिएको थियो। समितिलाई थप केही दिन काम गर्न दिने निर्णयसमेत भएको छ।

प्रतिक्रिया दिनुहोस्