Logo
Logo

यो वर्षमा जिल्ला अदालत बाजुरामा दश वर्ष यताकै बढी मुद्धा


नन्दा थापा

315
Shares

बाजुरा । जिल्ला अदालत बाजुरामा दश वर्षको अवधीमा यो आर्थिक वर्षमा सबै भन्दा बढी मुद्धा आएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अदालतले शुक्रबार गरेको पत्रकार संगको अन्तक्र्रिया कार्यक्रममा विगतका वर्षमा भन्दा यो वर्ष दुई सय मुद्धा दर्ता भएको जिल्ला न्यायधिश माधव प्रसाद घिमिरेले बताएका छन् ।

उनका अनुसार आर्थिक वर्ष ०६७÷०६८ मा ३३ मध्ये २१ मुद्धा फछ्र्याैट गरिएको छ । ०६८/०६९मा ४३ वटा मध्ये ३३ वटा ,०६९/०७० मा ४६ मध्ये २६ वटा, ०७०÷०७१ मा ५७ मुद्धामा ४९ वटा मुद्धा फछ्र्यौट भएको घिमिरले बताए ।

यसैगरी आर्थिक वर्ष ०७१/०७२ मा ४९ मा ३९ वटा,०७२/०७३ मा ७४ मध्ये ५५ वटा, ०७४/०७५ मा ९८ मध्ये दर्ता भएको मुद्धामा ७१ वटा फछ्र्याैट गरिएको अदातलका निमित्त श्रेष्तादार प्रकाश दत्त भट्टले बताए ।

यसैगरी ०७५/०७६ मा एक सय ११ मध्ये ६९ वटा,०७६/०७७ मा एक सय २ण् मध्ये ५५ वटा र ०७७/०७८ मा दुई सय मुद्धा दर्ता भएकोमा एक सय ३६ मुद्धा फछ्र्याैट गरिएको भट्टले बताएका छन् ।

दश वर्षको अवधीमा जिल्ला अदालत बाजुरामा पाँच हजार ६ सय ८२ मुद्धा दर्ता भएकोमा ६ सय ११ वटा मुद्धा मात्र फछ्र्यौट भएका छन् । हालसम्म पनि पाँच हजार ७१ मुद्धा फछ्र्यौट हुन बाकी रहेका छन् । फछ्र्यौट हुन बाकी रहेका मुद्धा कोही तामेली थुनुवा र फरारको सूचिमा राखिएको जिल्ला अदालत बाजुराले जनाएको छ ।

मदिरा सेवनले बलात्कारका मुद्दा बढे
जिल्ला अदालत बाजुरामा आएका जवरजस्तीकरणमा अधिकांश मुद्धाहरुमा मदिरा सेवन गरी घटेको तथ्य फेला परेको जनाएको छ । शुक्रबार जिल्लास्थित पत्रकाहरुसंगको अन्तक्रिया कार्यक्रममा आर्थिक वर्ष ०७७/०७८ गरिएका कामको सार्वजनिकमा ३३ वटा जवरजस्ती करणका मुृद्धा दर्त भई फछ्र्याैट गरिएको जिल्ला न्यायधिश माधवप्रसाद घिमिरेले बताएका छन् ।

उनले जवरजस्ती करणीका मुद्धाको बहस तथा फैसला गर्दा अदालतमा पेश गरिएका ३३ फैैसला गरेर सजाय भोग्दै आएको बताए । मदिरा सेवन गर्दै महिला माथि दुव्र्यवहार गर्ने पुरुषलाई कानुन बमोजिम ७ वर्ष वा सो भन्दा माथि सजाय अदालतले तोकेर कैद भुक्तान गर्दै आएको न्यायधिश घिमिरेले बताए ।

यो वर्षमा विगत दश वर्ष भन्दा बढी मुद्धा आएको जिल्ला अदालत बाजुराका निमित्त श्रेस्तादार प्रकाशदत्त भट्टले जानकारी दिएका छन् । अदालतमा यो वर्ष दुई सय वटा मुद्धा आएको तिमध्ये एक सय ३६ मुद्धा फछ्र्याैट गरिएको पत्रकारलाई जानकारी गराएका छन् ।

अदालतले बनाएको वार्षिक कार्य योजनामामा एक सय ४७ मुद्धा फछ्र्यौट गर्ने लक्ष्य लिएको भएपछि त्यो भन्दा बढी मुद्धा फछ्र्याैट गरेको भट्टले बताएका छन् । यो वर्ष र गत वर्षको गरी दुई मुद्धामध्ये जवरजस्तीकरणीका ३३ वटा, हातहतियार सम्बन्धी २१ वटा, ज्यान मार्ने सम्बन्धी २६ वटा, सम्बन्ध विच्छेदको २२ वटा र माना चामलको ६ वटा रहेको जिल्ला अदालत बाजुरामा न्यायधिश घिमिरेले बताएका छन् ।

अदालतको तथ्यांकमा २० जना फरार सुचीमा रहेका छन् । अदालतमा पेश भएका मुद्धाहरुमा ३९ थुनुवा, ३० जना धरौटीमा १० वटा वैतानीकमा राखिएको छ । जिल्ला अदालत बाजुराका न्यायधिश माधव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागी थिए ।

यो पनि…

प्रतिक्रिया दिनुहोस्