Logo
Logo

कांग्रेस बैठकमा महाधिवेशन केन्द्रीत तीन विषयमा छलफल


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । नेपाली काँग्रसले १४ औं महाधिवेशन केन्द्रीत तीन विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले महाधिवेशन सम्बन्धी तीन वटा विषयमा छलफल गरेको हो ।

निर्वाचन सतिति, नेपाली काँग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति र समायोजन समितिका विषयमा छलफल भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले जानकारी दिए । उनले क्रियाशील सदस्यता सम्बन्धीत कार्य सम्पन्न भएको जानकारी दिए ।

कांग्रेसको क्रियाशील सदस्यता देशभित्रका ८ लाख ५२ हजार र विदेशमा रहेका समेत गरेर करिब ९ लाख क्रियाशील सदस्य रहेको जानकारी दिदै क्रियाशील सदस्यतासम्बन्धी विवाद लगभग सकिएको उहाको भनाई छ । कांग्रेसको वडास्तरको अधिवेशन साउन १२ गते सुरु गर्ने भनिए पनि उक्त मिति केही सार्नसक्ने विषयमा पनि छलफल भएको लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस्