Logo
Logo
एमाले विवाद

एमाले एकताका लागि नेताहरु फेरि छलफलमा


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । विघटित नेकपा एमालेको विवाद समाधान कार्यदलका नेताहरु छलफलमा जुटेका छन् । शनिबार विघटित कार्यदलका नेताहरु नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलमा जुटेका हुन् ।

कार्यदलमा रहेका नेतासँगै पृथ्वी सुब्बा गुरूङ र योगेश भट्टराई पनि बैठकमा सहभागी भएका छन् । शुक्रबार बसेको एमालेको स्थायी कमिटी बैठकले कार्यदलको १० बुँदे प्रस्तावलाई ग्रहण गर्दै कार्यदल विघटन गरेको थियो ।

कार्यदलमा दुवै पक्षका पाँचरपाँच जना नेता रहेका थिए । अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलको नेतृत्व सुवास नेम्वाङ र नेपाल पक्षको नेतृत्व भीम रावलले गरेका थिए ।

कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् । यस्तै, नेपाल पक्षबाट रावलसँगै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका थिए ।

वरिष्ठ नेता नेपाल पक्षधर एक नेतलो भने, ‘हामी कार्यदलका साथीहरू अनौपचारिक रुपमा छलफल गर्दैछौं । एकताका लागि हाम्रो प्रयास जारी रहन्छ ।’

स्थायी कमिटीको बैठक रोक्न माग राख्दै एमाले उपाध्यक्ष भीम आचार्य,उपमहासचिव घनश्याम भुसाल,सचिवहरु भीम आचार्य,गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र बैठक स्थल पुगेका थिए । तर नेपाल पक्षको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए । ओलीको ध्यानाकर्षण गराएर नेपाल पक्षका नेताहरु वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर गएका थिए ।

स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पक्षधर नेताहरु सहभागी थिएनन् । त्यसपछि बसेको संसदीय दलको बैठकमा समेत नेपाल पक्षीय सांसदहरु सहभागि भएनन् ।

प्रतिक्रिया दिनुहोस्