Logo
Logo

सरकार फेरिदा प्रहरी बढुवा रोकियो


दृष्टि संवाददाता

14k
Shares


काठमाडौं । आर्थिक वर्षको अन्तिममा सरकार फेरिदा त्यसको असर नेपाल प्रहरीमा परेको छ । अन्तिम तयारी भएको प्रहरी बढुवा रोकिएको छ ।


गृह मन्त्रालयले डिआइजी लगायत पदमा बढुवाको तयारी गरेको थियो । तर,सरकार फेरिएपछि बढुवा रोकिएको छ । अब कात्तिकमा मात्र बढुवा हुनेछ । जसकारण लामो समय सयौं पद रिक्त हुने भएका छन् ।


गृहमन्त्री बालकृष्ण खाँणले बढुवा समितिको बैठक रोकेका थिए । जसअनुसार सयौं प्रहरीको करिअरमा असर परेको छ । सइबाट इन्सपेक्टर बढुवा ६ महिनादेखि रोकिएको छ ।

नेपाल प्रहरीमा बढुवा रोकिएपनि सशस्त्रमा भने बढुवा हुने भएको छ । एसपीको बढुवा सिफारिस शुक्रबार भएको छ भने एसएसपी र डिएसपीमा पनि प्रक्रिया सुरु भइसकेकाले साउनमा पनि बढुवा समितिको बैठक बस्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्