Logo
Logo

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतले ६ दिनभित्र बैठक राख्ने आदेश दिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरेकी हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार कोरोना संक्रमणको जोखिम कायममै रहेको बेला शुरू हुन लागेको अधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रधानमन्त्री भएको एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ । यही अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने नपाउने टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्