Logo
Logo

एमाले वार्ता टोलीका नेताहरु कोटेश्वरमा


दृष्टि संवाददाता

21.5k
Shares

काठमाडौं । नेकपा एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी एकता जोगाउन आग्रह गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

शनिवार साँझ अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका दुवै पक्षका वार्ताकार नेताहरु आज वरिष्ठ नेता नेपालको निवास कोटेश्वर गएका हुन् ।

केही नेता भने नेपाल निवासमा जाँदैछन् केहि पुगिसकेका छन् । कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार पार्टी एकताबारे नेता नेपालसँग छलफल गरिने वार्ता टोलीका एक सदस्यले बताए ।

यस्तै आजै प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिने भएका छन् । वार्ता टोलीका नेताहरु सुवास नेम्वाङ, भीम रावल, बिष्णु पौडेल लगायत नेपालसँग छलफल गर्न कोटेश्वर पुग्दैछन् ।

प्रतिक्रिया दिनुहोस्