Logo
Logo

आन्तरिक छलफलमा माधव पक्ष, देउवालाई मत दिन वा नदिने निर्णय गर्दै


दृष्टि संवाददाता

6k
Shares

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि माधव पक्ष आकस्मिक आन्तरिक छलफलमा जुटेको हो ।

एमाले माधव पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा आजै निर्णय गर्न पर्नेछ । प्रधानमन्त्रीले विश्वासको मत पाउन जनता समाजवादी पार्टी (जसपा) र एमाले माधव पक्षको साथ आवश्यक छ ।

यसअघि नै नेता नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आश्वासन दिएका थिए । त्यसको निर्णय गर्न अहिले आन्तरिक छलफलमा जुटेको हो । प्रधानमन्त्री देउवाले आज बस्ने प्रतिनिधिसभा बैठकपछि विश्वासको मत लिने तयारी गरेका छन् । त्यसकाले लागि उनले संसद सचिवालयमा प्रस्ताव समेत दर्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्