Logo
Logo

देउवाले संसदको दोस्रो बैठकमा विश्वासको मत लिने


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न चार बजे बस्दै छ । त्यसपछि बस्ने बैठकमा मात्र देउवाले विश्वासका मत लिनेछन् ।

कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराइसकेका छन् ।

प्रधानमन्त्री देउवालाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेकाे माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)काे उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्