काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बस्नुअघि जसपाको बैठक बस्न लागेको हो । बैठक अहिले १ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको जसपाले संसदहरूलाई सोहीअनुसार ‘ब्रिफिङ’ गर्ने तयारी गरिएको छ । बैठकबाट सिधै बानेश्वरस्थित संसद् भवन जाने जसपाका नेता इस्तियाक रायले बताए ।
जसपा यादव पक्षसँग अहिले १९ सांसद छन् । यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि सर्मथन गर्न १२ जना सांसद थिए । तर, ठाकुर पक्षका पाँच जना थपिएपछि १७ जना पुगेको हो । जसपा यादव पक्षले देउवालाई विश्वासको मत दिँदैछ ।