Logo
Logo

देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्री देउवाले आजै साँझ बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत पाउन देउवालाई एमालेको ८ मत चाहिएको छ ।

प्रतिनिधिसभाको कुल मत २ सय ७५ हो । त्यसमा ४ रिक्त र ४ जना निलम्बित छन् । त्यसो हुँदा गणणा हुने कुल मत २ सय ७१ हो । २ सय ७१ को बहुमत १ सय ३६ हुन्छ । त्यसैले देउवालाई १ सय ३६ मत चाहिन्छ ।

अहिले नेपाली कांग्रेसको ६१, नेकपा माओवादी केन्द्रको ४९ मत छ । त्यसैगरी जनता समाजवादी पार्टी, नेपाल (जसपा)को उपेन्द्र यादव समूहको १५ मत रहेको छ । त्यस्तै गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको १ मत छ ।

कांग्रेस, माओवादी, जसपा र राजमोको मत जोड्दा १ सय २८ हुन्छ । यस्तो अवस्थामा देउवालाई विश्वासको मतका लागि थप ८ मत कम हुन्छ । जुन मत एमालेको माधवकुमार नेपाल समूहले दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्