Logo
Logo

अकुत मुद्दामा प्रमुख कर अधिकृतलाई सफाइ


दृष्टि संवाददाता

10.8k
Shares


काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका आन्तरिक राजस्व कार्यालय भरतपुरमा तत्कालिन कार्यरत प्रमुख कर अधिकृत टीकाराम भुसालले सफाइ पाएका छन् ।

बिशेष अदालतका अध्यक्ष प्रेमराज कार्की तथा न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र चन्द्रबहादुर सारुको इजलाशले बिहीबार उनलाई सफाई दिएको हो ।
उनको एक करोड ५८ लाख ६३ हजार ६ सय ५७ रुपैयाँ सम्पत्तिको स्रोत नखुलको भन्दै आयोगले सोही बराबर बिगो कायम गरी आयोगले मुद्दा ३० फागुन २०७४ मा मुद्दा दायर गरेको थियो । उनले श्रीमती मुनादेवी घिमिरेको नाममा सम्पत्ति राखेको भन्दै श्रीमतीलाई पनि आयोगले प्रतिवादी बनाएकोमा दुवै जनाले सफाइ पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्