Logo
Logo

निर्वाचन आयोगले झिकायाे जसपाको सक्कल प्रमाण


दृष्टि संवाददाता

252
Shares

काठमाडाैं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा सुनुवाइ थालेको छ ।

आयोगले दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिँदै विवाद समाधानकाे सुनुवाइ सुरू गरेकाे हाे ।

प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासमा आइतबार निवेदकको पक्षबाट बहस भएको छ । अर्को पक्षले जवाफ बहस शुरु गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दियो । त्यसक्रमा दुबै पक्षले आआफ्नो तर्क गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्