Logo
Logo

जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने


दृष्टि संवाददाता

1.7k
Shares

काठमाडाैं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
प्रधानमन्त्री देउवाले विश्वासको मत दिन आग्रह गरेपछि ठाकुर पक्षको बैठक बसेर देउवालाई विश्वासको मत दिने निर्णय भएको हो ।

देउवाले ठाकुर पक्षको माग सम्बोधन गर्ने मौखिक वचन दिएपछि ठाकुर पक्ष मत दिन तयार भएको हो । ठाकुर पक्षका सांसद उमाशंकर अरगरियाले मौखिक वचन आएकाले मत दिने निर्णय भएको जानकारी दिए ।

देउवाले केहीबेरमा संसदमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्