Logo
Logo

भीम रावलप्रति झाँक्रीको टिप्पणी- हतियार फालेर संसद जोगिँदैन


दृष्टि संवाददाता

14.6k
Shares

काठमाडाैं । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले नेता भीम रावलको राजीनाप्रति असन्तुष्टी जनाएकी छन् । राजीनामापछि प्रतिक्रिया दिँदै झाँक्रीले राजीनामा अनुपयुक्त भएको टिप्पणी समेत गरिन् ।

उनले सांसद पदलाई हतियारसँग तुलना गर्दै हतियार फालेर संसद र लोकतन्त्र सुदृढ नहुने बताएकी छन् ।

‘राजीनामा दिएर संविधान बलियो हुने, संसद् जोगिने, लोकतन्त्रलाई सुदृढ गर्ने कुरा मैले देख्दिनँ,’ संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै झाँक्रीले भनिन्, ‘त्यसकारण भएको हतियारलाई फालेर अर्को कुरा गर्नु, मलाई त्यस्तो लाग्दैन । अहिले हामीसँग भएको हतियार भोट दिने हो । यो हतियार भोट दिएर संसद्लाई क्रियाशील बनाउने हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्