Logo
Logo

सांसदबाट राजीनामा दिएपछि भीम रावललाई कमल थापाकाे शुभकामना


दृष्टि संवाददाता

5.7k
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका उपाध्यक्ष भीम रावलको प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा नेता थापाले सांसद पदबाट राजीनामा दिएर रावलले उच्च राजनीतिक संस्कार र नैतिकता प्रदर्शन गरेको उल्लेख गरेका छन्।

‘विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजीनामा दिएर भीम रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ,‘ अध्यक्ष थापाले आइतबार अपराह्न सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा. रावलको अडान प्रशंसनीय रहेको छ। राजनीतिको शुद्धीकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना।’

प्रतिक्रिया दिनुहोस्