Logo
Logo

‘रेफ्रीले हानेको गोलबाट देउवा प्रधानमन्त्री बने’


दृष्टि संवाददाता

2.4k
Shares

काठमाडाैं । नेकपा एमाले नेता प्रदीप ज्ञवालीले चार जना न्यायाधीशबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकाे बताएका छन् ।

आइतबार पुन:स्थापित प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता ज्ञवालीले चार न्यायाधीशलाई फुटबलको रेफ्रीसँग तुलना गर्दै रेफ्रीले हानेको गोलबाट देउवा प्रधानमन्त्री बनेको बताएका हुन् ।

संसदमा देउवालाई विश्वासको मत नदिनुको कारण देखाउँदै देउवाको प्रधानमन्त्री नियुक्ति प्रक्रिया गलत भएको बताए । संसदमा बोल्दै उनले भने,‘ फुटबलमा जहाँ फल हुन्छ, त्यहाँ सेतो पाउडर छरिन्छ र त्यहाँबाट फ्रिकिक हान्न लगाइन्छ । तर, फ्रिकिकमा खेलाडीले नभई रेफ्रीले गोल गरिदिएर एक टिमलाई गोल भएको नजिता दियो । त्यस्तै भएको छ सभापति देउवाको प्रधानमन्त्री पद । ’

नेता ज्ञवालीले संविधानले प्रधानमन्त्री नियुक्त गर्ने, सांसदलाई ह्वीप नलाग्ने जस्ता अपव्याख्या गर्नु गलत भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्