Logo
Logo

नेपालमा असोजसम्म एक करोड ३७ लाख डोज खोप आउने


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडाैं । नेपालमा असोजसम्म एक करोड ३७ लाख डोज खोप आउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असोजसम्म एक करोड ३७ लाख डोज खोप ल्याउन सकिने बताएका छन् ।

नेपालले अहिले खरिद गरी आउने प्रक्रियामा रहेकोे, विभिन्न मुलुकहरुले अनुदानमा दिएको र कोभ्याक्स कार्यक्रमलगायत गरी असोजसम्म एक करोड ३७ लाख डोज खोप ल्याइने डा. पौडेलले बताए ।

चीनसँग खरिद गरिएको ४० लाखमध्ये आठ लाख डोज खोप नेपाल आइपुगेको छ भने बाँकी खोप यही साताभित्र आइपुग्ने तालिका छ । त्यसैगरी, जापन सरकारले नेपाललई १६ लाख डोज एष्ट्राजेनिका खोप अनुदानमा दिने घोषणा गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रममार्फत कुल एक करोड २० लाख डोज खोप पाउनुपर्नेमा तीन लाख ४८ हजार डोज आइसकेको छ । थप साढे तीन लाख डोज यही जुलाई भित्रै आउने निश्चित भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाहशाखाले जनाएको छ ।

त्यसैगरी, १८ वर्षमुनिका बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप ल्याउने प्रक्रिया पनि अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्