काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमबार खोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका छन् । कोरोना भाइरस विरुद्धको खोप एण्ड जोन्सननको खोप अभियान सुरु हुँदैछ ।
उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको प्रधानमन्त्री देउवाले स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि आइतबार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव तथा स्वास्थ्य विभागलाई खोप खरीदको प्रक्रियालाई चुस्त पार्न सिंहदरबार बोलाएर निर्देशनसमेत दिएका थिए । नवनियुक्त प्रधानमन्त्री देउवाले आम नागरिकलाई खोप लगाउने भन्दै आफ्नो प्राथमिकता खोप नै भएको बताउँदै आएका छन् ।
यो पनि…