Logo
Logo

एमालेमा माधवको नेतृत्व भए कम्युनिष्ट एकता हुनसक्छ : प्रचण्ड


दृष्टि संवाददाता

113.9k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि कम्युनिष्ट एकता हुन सक्ने बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा अध्यक्ष प्रचण्डले एमालेमा बरिष्ठ नेता माधव नेपाल नेतृत्व भए कम्युनिष्टहरुबीच फेरि एकता हुने बताएका हुन् ।

‘एमाले फुठाउन खोज्दै हुनुहुन्छ नि ?’ भन्ने प्रश्नमा प्रचण्डले भने- ‘एमाले नफुटोस् तर एमालेमा माधव नेपालको नेतृत्व हुनुपर्छ भन्ने मेरो चाहाना हो ।’ केपीलाई हटाएर माधव नेपाल आए फेरि कम्युनिष्ट मोर्चाबद्ध हुने प्रचण्डको भनाई छ ।

‘केपी ओलीबाट यो हुनेवाला छैन अब, त्यहाँका ईमान्दार साथीहरुले बहस, संघर्ष गरेर केपी जीलाई हटाएर माधव जी त्यो ठाउँमा आउने हो भने फेरि कम्युनिष्ट आन्दोलन मोर्चाबद्ध हुन सक्छ’ उनले भने । प्रचण्डले नेता नेपालसँग यहि विषयमा पनि कुरा हुने गरेको बताए । ‘मैले एमाले फुटाउनुस् भनेर कहिले भनेको छैन माधव जी त्यहि हुनुहुन्छ’, उनले भने ।

आफुहरुको कारणले नभइ ओलीको कारणले पार्टी विभाजित हुने अवस्थामा पुगेको प्रचण्डको भनाई छ । ‘माधव जी र हामी त ७० प्रतिशत थियौँ केन्द्रिय समितिमा । केपीलाई कारबाही गरेका थियौँ उनले गल्ती गरेको हुनाले, त्यसकारण हामी फुट्न चाहेको त होइन’ प्रचण्डले भने ।

यस्तै, प्रचण्डले माधव नेपाल एमाले सिँगैलाई नेतृत्व गर्न चाहेको बताए । ‘सहि विचार, विधि पद्धतिले एमाले सिँगै आफ्नो नेतृत्वमा होस् भन्ने वहाँको चाहाना छ र वहाँले गरेको प्रयास त्यहि भन्ने देख्छु’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्