Logo
Logo

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब बढी कारोबार


दृष्टि संवाददाता

0
Shares

काठमाडाैं । आज नेप्से परिसूचक १३ दशमलव ९७ अंकले बढ्दै २ हजार ९ सय ९४ दशमलव ५८ विन्दुमा रोकिएको छ ।

बजार खुलेको ६ मिनेटमा नै ४७ अंकले बढ्दै नेप्सेले तीन हजार ३१ विन्दु पार गरेको थियो । आज ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर किनबेचमा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रूपैयाँ कारोबार भयो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ० दशमलव ०२ अंक घटेर ५ सय ६० दशमलव ९४ विन्दुमा पुगेको हो। यता, यस दिन फ्लोट इण्डेक्स ० दशमलव ८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ११ अंक बढेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक यस दिन घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५ दशमलव २२ प्रतिशत बढेको छ।

त्यसैगरी, लगानी उपसमूहको परिसूचक १ दशमलव ४७ प्रतिशत बढेको छ। यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव १७ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्