Logo
Logo

तेह्रथुम पावर कम्पनीकाे आइपिओ भाेलि खुल्दै


दृष्टि संवाददाता

4.7k
Shares

काठमाडाैं । तेह्रथुम पावर कम्पनीले भाेलि १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात चार लाख कित्ता (चार करोड रुपैयाँ) साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको हाे ।

यस्तै, सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ लाख कित्ता (रु आठ करोड) शेयर बिक्री गर्न लागेको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबिएल एस क्यापिटलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

हाल उक्त कम्पनीको अधिकृत पूँजी ४० करोड रुपैयाँ, जारी पूँजी ४० करोड रुपैयाँ र चुक्ता पूँजी २८ करोड रुपैया छ । स्थानीय बासिन्दा र सर्वसाधारणमा शेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने कम्पनीका प्रबन्ध सञ्चालक डाँगीले जानकारी दिए ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविस हाल मेन्छेयायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । हालसम्म सो आयोजनाको भौतिक प्रगति करीब ६० प्रतिशत पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७३ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको आयोजनाले २०७६ पुस १ गतेदेखि व्यावसायिक उत्पादन गर्नुपर्नेछ । तर कम्पनीले छ महिनाअगावै अर्थात् आगामी असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्